Call For Inquiry

+977 9851195489/ 9843857045

Opening hours

Sun - Fri : 09:00 - 17:00

Emergency hours

24 Hours

मनोवैज्ञानिक विधिबाट लागुऔषध तथा मध्यपान दुरुपयोगको उपचार

Home मनोवैज्ञानिक विधिबाट लागुऔषध तथा मध्यपान दुरुपयोगको उपचार

2023-10-10

मनोवैज्ञानिक विधिबाट लागुऔषध तथा मध्यपान दुरुपयोगको उपचार

लागुऔषध तथा मध्यपान दुरुपयोगको उपचार भनेको एउटा होलिस्टिक तथा विशेष रुपमा मनोवैज्ञानिक पद्दति हो । लागूपदार्थको लतको लागि कुनै औषधि छैन ।
उपचारको विकल्पहरू भनेको मनोवैज्ञानिक पद्दति तथा बाह्र पाइलाको अभ्यासले लत हटाउन र लागूपदार्थमुक्त रहन मद्दत गर्न सक्छ ।
उपचारमा सफल हुनको लागि तपाईको उपचारमा प्रयोग गरिएको औषधि वा तपाईसँग कुनै प्रकारको दिर्घ रोग वा मानसिक स्वास्थ्य विकारहरूमा निर्भर गर्दछ ।
पुनरावृत्ति र पुनःसेवन रोक्नको लागि दीर्घकालीन फलोअप महत्वपूर्ण छ । यस उपचारमा डाक्टरसँग मनोचिकित्सकको भूमिका विशेष रहने गर्दछ ।
यद्यपी केहि समय तुरुन्त लागुऔषध वा मध्यपान छोड्दा हुने withdrawl symptom को लागि औषधि र डाक्टरको विशेष भूमिका रहेको हुन्छ ।
यसलाई डब्लुएचओले Incurable तर बिरामीले नशा सेवन गर्न बन्द गरेमा उपचार पद्दतिद्वारा Treatable भनेर सावित गरेको छ । लागुऔषध तथा मध्यपान दुरुपयोग गरेर मात्र एकै दिनमा दुर्व्यसनी भएका हुँदैनन् । त्यसैले यसको उपचार पनि एकै दिनमा हुन सक्दैन । यो एउटा यात्रा हो ।
लागुऔषध तथा मध्यपान दुरुपयोग कर्ताले दैनिक आफ्नो उपचारको लागि आफैँले कार्य गर्नुपर्दछ । उपचार केन्द्रमा केवल सेवन कर्ताको प्राथमिक उपचार गरी शारीरिक मानसिक, भावनात्मक तथा व्यवहारिक पक्षको मात्र पहिलो चरणको उपचार गरिन्छ ।
लागुऔषध तथा मध्यपान दुरुपयोग कर्ताको अध्यात्मिक, सामाजिक, आर्थिक, पारिवारिक, कानूनी तथा शारीरिक रुपले नष्ट भइसकेको हुन्छ ।
यी सबै कारण लागुऔषध तथा मध्यपान दुरुपयोग कर्ताको मनोवृत्ति, व्यवहारहरु आक्रामक, बदलाको भावनाले भरिएको, हिनभावना, भविष्यको असुरक्षा, डर, शंका, निराशा, कुण्ठाग्रष्त भावना तथा अपराध बोध बोकेर हिँडेका हुन्छन् । अधिकांश बानि व्यवहारहरु असामाजिक वा असामान्य भएका देखिन्छ ।
त्यसैले उपचार भनेको यिनै बानि व्यवहार तथा मनोवृत्तिलाई परिवर्तन गरी सामान्य सोचाई तथा व्यवहारमा आउनु हो । जुन कुनै डाक्टरको औषधि खाएर प्राप्त हुँदैन । आफ्नो Programme(Alcoholics Anonymous and Narcotics Anonymous) अर्थात् recovery को Programme अनुसार नै लागुऔषध तथा मध्यपान दुरुपयोग कर्ता हिँड्नुपर्दछ । जसको लागि एउटा ठूलो त्याग तपस्या गरी अहंकारलाई नष्ट गर्नुपर्दछ ।
दुर्व्यसनको शिकारमा परिसकेका व्यक्तिहरु जो कोहि हुन सक्छन् । चाहे ति विद्धान, बुद्धिमान, डाक्टर, इन्जिनियर, वकिल, अनपढ, मुर्ख, धनी, गरिब, साना ठूला सबैलाई उपचारमा एउटै नियम एकै किसिमको व्यवहार लागु गर्नु पर्दछ । जसले ‘म त यो जस्तो होइन’ भनेर मुल्यांकन गर्छ भने कहिले पनि उपचारमा आउन सक्दैन ।
एक पटक उपचारको लागि मरेर जिउनुपर्दछ अर्थात् पुरानो सोचाई, अनुभव इत्यादिलाई बदलेर नयाँ शुरुवात गर्नुपर्दछ । जब-जब ‘मैले जानेको छु’भन्ने सोचाई आउँदछ, तब तब अहंकार बढ्दै जान्छ र उपचारका नियमहरु आफुमा लागु गर्न सकिँदैन ।
कसैले सोच्दछ आफ्नै ‘मन’ हो । खान्न भनेर बसे त भइहाल्दछ भनेर सोच्दछन् । हुन त वास्तवमा आफ्नो मन हो तर मन यति चन्चल छ कि त्यसलाई तह लगाउन सहि अभ्यासको जरुरी पर्दछ । १२ पाईलाका प्रकृयाहरु अपनाउनुपर्दछ ।
साथै सहि उपचारको लागि केन्द्रसँग समन्वयन गरी राख्नु पर्दछ । अन्यथा एकै सेकेण्डमा मन करोडौं माइल टाढा पुग्दछ र फरि नशामा फसेकोे पाइन्छ । जसको पुष्टि ‘ विचार विज्ञान’ मानक पुस्तकमा खप्तड बाबाले गर्नुभएको छ । हामी स्वयं ध्यान गरेर आफ्नो मनलाई वशमा राख्ने प्रयास गरौ तब थाहा हुन्छ कि मनलाई वशमा राख्न कति कठिन हुन्छ । त्यसैले हाम्रो Programme तथा उपचार भनेकै मनलाई होस्मा ल्याउनु हो ।
मनलाई दुर्व्यसनविरुद्ध सदा सजग गराउनु हो । किनकि दुव्र्यसनमा लागेका व्यक्ति शारीरिक तथा मानसिक रुपले पुरै नशामा मात्र निर्भर भएका हुन्छन् । जसको फलस्वरुप मनले हर समय त्यहि नशा मात्र माग्दछ । कुनै दुःख वा सुख, चिन्ता, डर, क्रोध, यौन समागम, र जटिल समस्याको समाधानमा पनि लागुऔषध तथा मध्यपान दुरुपयोग कर्ताले सदैव नशाको मात्र चाहना राखेको हुन्छ ।
त्यसप्रति लागुऔषध तथा मध्यपान दुरुपयोग कर्ताको आशक्तिको संस्कार यतिसम्म जोडिएको छ कि केहि दिन छोड्न साथ विभिन्न किसिमको शारीरिक तथा मानसिक प्रतिक्रिया हुन थाल्दछ ।
फलस्वरुप बोर हुने, दिक्क लाग्ने, अल्छी लाग्ने, वाक्क लाग्ने, झर्को लाग्ने, रिस उठ्ने इत्यादि हुन थाल्दछ । जस्तै वास्तविक जीवनसँग हाम्रो सामना तब त्यो समाल्न नसकेर क्रोध बढ्ने, अरुलाई दोष दिने र हरेक कुरालाई लापरबाही गर्ने स्वभाव बन्दछ ।
त्यसैले हामीले यो होलिस्की उपचार पद्दतिद्धारा आफ्नो मनोवृति तथा संस्कारलाई बदलेर प्राकृतिक जीवन शैलिमा रमाएर बस्न मद्दत पुग्छ भन्ने उद्देश्यले उपचार गर्नुपर्दछ । जसको लागि एक मात्र शर्त आफुले स्वयं आफ्नो लागि कार्य गर्नु हो ।
काउन्सलर वा उपचार केन्द्रले तथा किताबी ज्ञानको सहयोगले हामीले स्वयं आफ्नो लागि आफँैले इमान्दारिता पूर्वक उद्घोष तथा परिश्रम गर्नु हो । हामीले गल्ती गर्ने र अरुले सुधार्ने कुनै हालतमा हुन सक्दैन । हामीले रोपेको कर्मको बिउको फल हामी स्वयंमले नै कर्मद्धारा हटाउनुपर्दछ ।
किताबी ज्ञानले हाम्रो बुद्धिमात्र तर बानी व्यवहार, मनोवृत्ति सुधार्न स्वयंमले अभ्यास गर्नुपर्दछ ।
हामिले संसारको सबै कुरालाई अधिनमा राख्न खोजेको झैँ दुर्व्यसनलाई पनि अधिनमा राख्न खोज्यौं । हरेक पटकको गल्ती पश्चात पनि यस पटक त कन्ट्रोल गरेर खान्छु वा लिन्छु भन्दा जहिले पनि समस्यामा मात्रै फसिरह्यौं ।
कुनै परिस्थिति वा कारणवश केहि महिना नखाएर वा नलिएर बस्यौं । जसको कारण हामीमा कन्ट्रोल गर्न सक्छौं भन्ने भ्रामक सोचाई आइ थप अहंकारलाई बढवा मात्र दियौं । तर पनि हामीले आफुलाई कन्ट्रोल गर्न नसकी पटक–पटक दुर्व्यसनमा फसिरह्यौं ।
यसैबाट साबित हुन्छ कि मनलाई कन्ट्रोल गर्दछु भन्ने दृढ इच्छाशक्तिले मात्र हामीलाई पुग्दैन । यसको लागि हामीले अभ्यास गर्नुपर्दछ ।
फलस्वरुप हामीले आफ्ना हरेक पुराना शैलीहरुलाई परिवर्तन गर्नुपर्दछ । कतिपय साथीले नशा प्रयोग गर्दिन भनेर दृढ निश्चय गर्नुभयो । तर दुर्भाग्यवश आफुमा बदलाको भावना, रिस, भय, असुरक्षा, पुरानो सोचाई, खराबबानी व्यवहार, मनिवृत्ती इत्यादिमा कुनै पनि परिवर्तन नभएकोले पुनः दुव्र्यसनतिर फस्नुभयो ।
सबै भन्दा दुःखको कुरा ति साथी अझै कुरा बुझ्दैनन् र आफु बिग्रेको कारण व्यक्ति, स्थान, परिस्थिति हो भन्ने सोच्दछन् । यसै कुरालाई मध्यनजर राखेर हामीले हाम्रा सोचाई शक्तिहिनताबाट शुरु गर्नुपर्छ ।
शक्तिहिनता भनेको आफुमाथि काबु राख्न स्थितिको अभावलाई भनिन्छ । यो हाम्रो जन्मजात मनोवृति हो । हाम्रा बानि व्यवहारहरु कुनैमाथि पनि आफुले आफैंलाई काबुमा राख्न नसक्ने खालको हुन्छ । परिणाम स्वरुप दुव्र्यसनको यात्रा बढ्दै गयो र हामी दुव्यसनी हुन पुग्यौं । यसको कारणले नै हामीले कुनै पनि कुरामाथि शक्तिहिनता महसुस गर्न सक्दैनौं ।
आफुले चाहेको कुरा नहुनसाथ तुरुन्तै प्रतिक्रिया शुरु गर्न थाल्दछौं । हाम्रो यहि काबु राख्न नसक्ने मनोवृतिको कारण दुर्व्यसनको सामु शक्तिहिन हुन पुग्यौं । फलस्वरुप हाम्रो जीवनको हरेक क्षेत्रमा अस्तव्यस्त हुन पुग्यो ।
मनोवैज्ञानिक विधिबाट लत व्यवस्थापन (Addiction Psychological Management)
कुनै पनि लतबाट छुटकारा पाउनका लागि प्रयोग गरिने मनोवैज्ञानिक विधिले व्यक्तिमा परिवर्तनका लागि प्रेरणा बढाउने लक्ष्य राख्छ । मानिसहरूलाई तिनीहरूको लतको फाइदा तथा
बेफाइदाहरूबारे सही रूपमा मूल्यांकन गर्न मद्दत गर्नाले तिनीहरूको प्रेरणा बढ्छ । एक पटक व्यक्ति परिवर्तनका लागि उत्प्रेरित भएपछि, उसले वास्तवमा परिवर्तनका लागि कदम चाल्नुपर्छ । एउटा कुरामा के स्पष्ट हुनु जरुरी छ भने परिवर्तन गर्न चाहनु भनेको परिवर्तन पूरा गर्नु जस्तो कुरा होइन ।
लतमुक्त भएका व्यक्तिहरूले सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिकामा केही धेरै कठिन परिवर्तनहरू गर्नुपर्छ । यस तरिकाले, तिनीहरू बुद्धिमानी, स्वस्थ छनौटहरू गर्न सक्छन् ।
मनोवैज्ञानिक दृष्टिकोण भनेको मानिसमा यी आवश्यक परिवर्तनहरू ल्याउनका लागि मद्दत गर्ने एक आदर्श हो ।
कुनै लतबाट मुक्त हुन चाहाने व्यक्तिले आफ्ना विचार, भावना र व्यवहारहरूमा परिवर्तन गर्नुका अतिरिक्त, आफ्नो सामाजिक संसारलाई पनि पुनर्संरचना गर्नु आवश्यक पर्दछ । अन्य मानिसहरूसँगको हाम्रो सम्बन्धले कुनै लत दोहोरिने सम्भावना छ कि भन्ने कुराको निर्धारण गर्छ ।
त्यसैले, मनोवैज्ञानिक दृष्टिकोणले मानिसहरूलाई उनीहरूले ल्याउन चाहेको परिवर्तन उनीहरूको सामाजिक वृत्तले समर्थन गर्छ वा गर्दैन भनेर पनि मूल्याङ्कन गर्न मद्दत गर्दछ।
पछिल्ला दशकहरूमा लागुपदार्थ वा मादक पदार्थ जस्ता लतहरू छुटाउने थुप्रै विधि तथा औषधिहरूको विकास भएको छ । तर औषधि वा अन्य कुनै उपचारात्मक विधिले व्यक्ति किन कुलतमा लाग्यो भन्ने कुराको निर्धारण गर्न सक्दैन ।
यस्ता लतहरूको प्रभावकारी उपचारमा मनोवैज्ञानिक विधि प्रयोग गर्दा व्यक्ति कुलतमा लाग्नुको कारण र असरहरूबारे थाहा पााउन सकिन्छ । जसले यसको प्रभावकारी उपचारलाई अझ सजिलो बनाउँछ । तसर्थ, मनौवैज्ञानिक विधिबाट लत व्यवस्थापन निकै प्रभावकारी छ ।
कुनै पनि लत औषधिको प्रयोग गरेर मात्र पूर्ण रुपमा लतवाट छुटकारा पाउन गाह्रो हुन्छ । लागुऔषध दुरुपयोगको उपचारको लागि A.A र N.A वा १२ पाईलाको अभ्यास मनोवैज्ञानिक तरिकाले नगरे सम्म लत वाट छुटकारा पाउन साह्रै कठिन हुन्छ ।
वैज्ञानिक अनुसन्धानका अनुसार लत बस्नुको पछाडि Neurological विशेषता हुने गर्दछ । त्यस्ता पदार्थ र व्यवहारले Brain को पुरस्कारको Pathway(मार्ग) लाई अत्यन्त सकृय गर्दछ, धेरैमा Dopamine नामक Neurotransmitter को भूमिका हुने पाइएको छ । जसले गर्दा व्यक्तिले त्यही व्यवहार दोहोर्याउने, त्यही पदर्थको सेवन गर्ने गर्दछन् र अन्त्यमा त्यस्लाई लतको रुपमा विकास गर्दछन् ।
वि.सं. २०७६ सालमा गृह मन्त्रालयले NEPAL DRUG USERS SURVEY 2076 विषयमा गरेको सर्वेक्षणको प्रतिवेदन अनुसार नेपालमा १,३०,४२४ जना लागू पदार्थ प्रयोगकर्ताहरु रहेको छ ।
तिमध्ये ९३.३ % अर्थात् जम्मा १,२१,६९२ जना पुरुष लागूपदार्थ प्रयोगकर्ताहरु रहेको छ भने ६.७ % अर्थात ८,७३२ महिला लागूपदार्थ प्रयोगकर्ता रहेको छ ।
नेपालमा वि.सं २०६३ सालमा गरिएको सर्वेक्षणमा लागुपदार्थ प्रयोगकर्ताको संख्या ४६,३०९ जना थियो भने २०६९ को सर्वेक्षणमा यो संख्या ९१,५३४ पुगेको थियो ।
उक्त सर्वेक्षणको नतिजा अनुसार औषत वार्षिक ११.३६ %को दरले लागू पदार्थ प्रयोगकर्ताको संख्यामा वृद्धि भएको देखिन्छ । वि.सं. २०७६ को सर्वेक्षणको नतिजा अनुसार कूल लागू पदार्थ प्रयोगकर्ताहरुको संख्या १,३०,४२४ तथा औसत वार्षिक ५.०६ % को दरले लागू पदार्थ प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको देखिन्छ ।
कूल लागुपदार्थ प्रयोगकर्ताको संख्या १,३०,४२४ मध्ये प्रदेश नं १ मा २७,६०५(पुरुष २७,०१३ र महिला ५९२), प्रदेश नं २ मा १५,८३४(पुरुष १५,६१४ र महिला२२०), बागमति प्रदेशमा ४६,४८० (पुरुष ४०,८५५ र महिला ५,६२५), गण्डकी प्रदेशमा ८,९५६ (पुरुष ७,९६८ र महिला ९८८), प्रदेश ५ मा २५,९३० (पुरुष २४,९१२ र महिला १,०१८), कर्णाली प्रदेशमा १८११ (पुरुष १७६८ र महिला ४३) र सुदुर पश्चिम प्रदेशमा ३८०८ (पुरुष ३५६२ र महिला २४२) जना रहेको सर्वेक्षणले देखाएको छ ।
उक्त सर्वेक्षण अनुसार युवाहरुले २० वर्ष भन्दा कम उमेरमा नै पहिलो पटक लागू पदार्थको सेवन गरेको देखिन्छ । यसरी पहिलो पटक जीवनमा चुरोट गाँजा हुँदै औषधिको अनौषधिय प्रयोग गर्दै हार्ड ड्रग ब्राउन सुगर, टि.डी. जेसिक सम्म पुग्ने गरेको उल्लेख गरेको छ । त्यसै गरी ४०. % लागू पदार्थ प्रयोगकर्ताहरु कुनै पनि पेशामा आवद्ध नरहेको सर्वेक्षणले देखाएको छ ।
भोलीको कर्णधार युवाहरु दिन दुई गुणा रात चार गुणाको दरले लागुपदार्थको प्रयोगको दुनियाँमा फस्दै गएकोले देशको आर्थिक, सामाजिक लगायत हरेक पक्षमा नकारात्मक असर पुगिरहेको छ । स्कूल, कलेज तथा युवा वर्गमा लागू पदार्थ र एच.आई.भी. जस्ता स्वास्थ्य शिक्षा तथा अभिमुमिकरण कार्यक्रमको पहुँच नभएका कारण युवाहरु लागू पदार्थको प्रयोगमा फस्न गई असुरक्षित सूईका प्रयोगका कारण र असुरक्षित यौन सम्पर्कको कारण हुन सक्ने एच.आई.भी., हेपाटाइटिस लगायत अन्य रक्तजन्य संक्रमणको जोखिम समेत बढ्डै गएकोले देश विकासकै लागि चुनौतिको रुपमा समस्याको खडा भएको छ ।
उचित शिक्षा, तालिम, परामर्शकोे अभावमा देशका कर्णधार, जिम्मेवार र उत्पादनशील युवा समूह लागू पदार्थ प्रयोगको दल दलमा फस्दै गएकोले देशकै अर्थतन्त्रको स्थिति समेत कमजोर हुँदै गएको छ भने बढ्दो उमेरका युवाहरुको अपरिपक्व सोच र विचारलाई परिवार, समाज, विद्यालय र कलेजवाट समयमा नै सहि निर्देशन दिई स्वास्थ्य शिक्षा अन्तरगत लागू पदार्थ एच.आई.भी. विषयमा शिक्षा दिने हो भने युवाहरु आफ्नो सहि मार्ग पहिल्याउन सफल हुनेछ साथै युवा तथा विद्यार्थीहरुलाई लक्षित गरी लागुपदार्थ, एच.आई.भी. विषयक परियोजनाहरु सञ्चालन गर्नु पर्ने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सन् २०१३ डिसेम्बर प्रकाशित गरेको तथ्यांकले पनि पुष्टि गर्दछ ।
समयमा नै यो समस्या समाधानका लागि सरोकारवाला सबैले पाइला नचाल्ने हो भने युवा वर्ग तथा विद्यार्थीहरुले लागू पदार्थ सेवन गर्ने दरमा अझ धेरै वृद्धि हुनेछ र एच.आई.भी, हेपाटाइटिस बी र सी लगायत अन्य रक्तजन्य संक्रमणको समेत वृद्धिदर बढ्ने छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सन् २०२० जूलाइमा मा प्रकाशित गरेको फ्यात्त सिट अनुसार एच.आई.भी. संक्रमितहरुको जम्मा संख्या ३७५९६ रहेको छ भने ति मध्ये लागू पदार्थ प्रयोगकर्ताहरु (People Who Use Drug, PWUD) मा ३३३३ (८.९ %), यौनकर्मीहरु Sex Worker मा २२५८ (६ %), यौनकर्मीको ग्राहक (Client Of Sex Worker)  मा ११८८० (३१.६ %), माइग्रेण्ट वर्करमा ४२०० (११.२ %), स्पाउज र माइग्रेण्टको पार्टनरमा ३१६३ (८.४ %), एम.एस.एम.मा १११३ (३ %), रगत तथा रक्तजन्य पदार्थमा १४० (०.४ % ) र अन्यमा ११५०९ (३०.६ %) रहेको छ ।
यो तथ्याङ्क अनुसार एच.आई.भी. र रक्तजन्य संक्रमण विषयक कार्यक्रमहरु एच.आई.भी.का लागि उच्च जोखिममा परेका समूह (Most At Risk Population, MARPs) लाई मात्र लक्षित गरि परियोजनाहरु सञ्चालन गरिएता पनि जोखिममा रहेको समूहमा एच.आई.भी. संक्रमण दर वृद्धि भएको देखिन्छ ।
अझ लागुपदार्थ प्रयोग गर्ने बृद्धि दर भने बढ्डै गएकाले हेपाटाइटिसको संक्रमण दर पनि बढडै गएको छ भने साथै सर्वसाधारण महिला तथा पुरुषहरुलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन गर्न ध्यान नदिएकोले यो समूहमा पनि एच.आई.भींको जोखिन दर बृद्धि हुँदै गएको तथ्याङ्कमा देखिन्छ । तसर्थ देशको कूल जनसंख्यामा उच्च भाग ओगटेको युवा र झण्डै आधा भाग ओगटेको महिला लक्षित लागू पदार्थ, एच.आई.भी. लगायत अन्य रक्तजन्य संक्रमण विषयक कार्यक्रमहरु देशब्यापी रुपमा नै तिब्र गतिमा सञ्चालन गर्नु अति जरुरी भइसकेको छ । अन्यथा युवाहरु लागू पदार्थको दल दलमा झन झन फस्दै जाने र महिलाहरुमा समेत एच.आई.भी. र हेपाटाइटिसको संक्रमण दर पनि तिब्र गतिले बढ्ने छ ।
सन् १९६० को दशकदेखि जब हिप्पिहरुले काठमाडौंलाई लागू पदार्थ प्रयोग र कारोबारका लागि अन्तरराष्ट्रिय केन्द्रबिन्दु बनाएका थिए तवदेखि नै नेपालमा पनि लागू पदार्थ प्रयोगको शुरुवात भएको मानिन्छ । यसरी शुरु भएको लागू पदार